कबिताः
१ साँझ पख एउटा हात प्रियेसिको काधमा राखी अर्को हात आकास तिर देखाउदै
उनि भन्छन यो मुलायेम बालमा सझाइदिन मन्छ मलाई त्यो चन्द्रमा
उनि मुसुक मुस्कुरौदै औलाहरुले उनका औलाहरु चलाउदै भन्छिन
तेत्रो कस्ट किन बरु सुनपसलबाट ल्यादेउन मात्र आउछ सातहजार पन्ध्रमा
२ अर्को शाँझ उनले भन्छन , तिमि भन मात्र प्रिय म आकासको जुन झारिदिन्छु
हातको कुचो थमाइदि उनि भन्छिन तेत्रो दुख किन
बरु मेरोलागि कौसीमा माकुराको जालो झारिदिनु
सम्झाउदै दोहर्याछिंन, सुरु कामगर्नु हिउदमा छोटा हुन्छ दिन
३ कागजको विमानले उनीलाई हान्दै भन्छन ,
मात्र तिम्रो लागि तारा ल्याउन तिन लाख चौरासी हजार चारसय किलोमिटर धाइदिन्छु
आँखा ठुलो ठुलो पार्दै, टाउको हलाउदै उनि फत्फताछिन हाम्रो बिचमा तारा किन गन्छन
बरु घरको आधा काम तिमि गर बाकी सबै म पारलाइदिन्छु
४ उनले आँखा झिम्काउदै भन्छन, फुलजस्तै कोमल मेरी मायालाई लैवेंडर अतर किनिदिनुपर्ला
पर्दैन महँगो अतर मेरो लागि खोज्न
लोहोरो हातमा राख्दै उनि भन्छिन खान बनाउन ढिलो भाछ बरु मसला पिनिदिनु पर्ला
दुवैजान जानुपर्छ बजारमा तरकारी रोज्न
५ पानी माग्दै भन्छन ,यता उता जादा सुहाउदैन तिमीलाई हिडेको एकदिन उपहार लम्बोर्गिनी दिन्छु
उनको कमिजको खल्तीको कचाक्कुचुक दुइ चार ओटा नोट एक एक गरि गिन्छिंन
बरु पैसानै दिनु उपहार म बसको टिकट किन्छु
भखरै पखालेको गिलासमा कुरा मात्र ठुलो सिन्को छैन भाच्नु भन्दै पानी दिन्छिन ।
रेखा किरण पाैडेल, क्यानडा ।