चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने

खेल

चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चितवनमा आज अगष्ट ७ मा गरिएको पत्रकार सम्मेलन मार्फत उक्त घाेषणा गरिएकाे हाे ।

अमेरिकाको पोर्टल्यान्डमा रहेको राष्ट्रिय ओपन फेन्डसिप तेक्वान्दो च्याम्पियनसीप र ललितपुर मैत्री तेक्वान्दो डोजाङ्गकाे संयूक्त सहयोग र सहकार्यमा यहि कात्तिक १ र २ गते अर्थात अक्टाेबर १८,१९ मा रत्ननगर तेक्वान्दो डोजाङ्ग, सरित न्यु स्टार र सौराहा डोजाङ्गको पहलमा उक्त राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दोका संयोजक पुष्प जोशीले जानकारी गराएका छन् ।

प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरि ४६ तौल समुहमा प्रतिस्पर्धा हुने छ । साथै पुम्सेतर्फ पुरुषको ४ र महिलाको ४ गरि ९ विधामा प्रतिस्पर्धा हुने छ । ६५ स्वर्ण, ६५ रजत र १३० काश्य पदक गरि २६० पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाको ६/६ तौल समुहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीहरुलाई भने पुनः छनोट गरि सर्वउत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिलालाई जनहि नगद १ लाख पुरस्कार प्रदान गरिने जोशिले जानकारी दिएका छन् ।

छनौट भएका पाँच जना खेलाडीहरु अमेरिकाको ईस्टन मिसिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा हुने १३ औ अन्तरास्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको लागि सहभागी हुन पाईने USWC Taekwondo Association- Hollywood USA का प्रमुख तथा मैत्री तेक्वान्दाे डोजाङ्गका संथापक ग्याण्डमास्टर दिवाकर डान महर्जनले जानकारी  दिएका छन् ।

समाचार श्राेतः “ए टु जेड समाचार डटकम”