चीनको पाण्डा चीनलाई नै !

Breaking क्यानडा विशेष

एमखबर न्यूज डेस्क, क्यानाडा। १४ मे, २०२० । क्यानाडाको क्यालगारी स्थित चिडियाखानाले आफुसंग रहेको “पाण्डा” लाई चीन फर्काउने बताएको छ।

कोरोना संक्रमणको कारण पाण्डाको दैनिक खुराक “हरियो बाँस” को आपूर्ति नियमित हुन नसकेको जनाउँदै चिडियाखानाका दुबै पाण्डाहरुलाई स्थानान्तरण गर्नु परेको जनाएको छ।

एउटा पण्डालाई दैनिक २५ देखि ३० किलो हरियो बाँस र पात खपत हुँदै आएकोमा कोरोनाको कारण पाण्डाको त्यस्तो दैनिक खुराकको आपूर्तिमा आएको कमीले गर्दा उनीहरुको जीवन रक्षाकालागि चीन फिर्ता लान लागिएको ब्यहोरा सिएनएनले जनाएको छ।

उक्त दुबै पाण्डा चीन सरकारको “पाण्डा डिप्लोमेसी” अन्तर्गत क्यानाडाले उपहारस्वरूप पाएको थियो।