चीनको वुहानमा जंगली जनाबरको मासु खान रोक

विविध स्वास्थ्य

शेयर गर्नु होस ।

चीनको वुहानमा जंगली जनावरको मासु खान प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक देखिएको वुहानमा जंगली जनावरको मासु खान आधिकारिक रुपमा रोक लगाइएको हो ।

वुहान म्युनिसिपल गभमेन्टले संरक्षित जंगली जनावर तथा अन्य जंगली जनावरको शिकार गर्न, मासु खान तथा पाल्न प्रतिबन्ध लगाएको हो ।

गत वर्षको डिसेम्बरमा वुहानमा पहिलो पटक कोभिड–१९ को संक्रमण देखिएको थियो । वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वव्यापी बनेको छ ।

कोरोना भाइरसका कारण विश्वभर तीन लाख ३४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । यसको उपचार तथा खोप अविष्कारका लागि वैज्ञानिकहरुको प्रयास जारी छ ।