चीनले पनि धावा बोल्यो: सगरमाथा चीनको भएको दाबी

Breaking नेपाल समाचार

मदन बस्नेत, टोरोन्टो । १० मे, २०२० । चिनियाँ टेलिजिभन ‘चाइना ग्लोबल टेलिभिजन नेकवर्ट (सिजिटिएन)’ ले सगरमाथा चीनको भएको दाबी गरेको छ। उक्त टेलिभिजनले ट्वीटरमा सगरमाथाका केही तस्बिर राख्दै सगरमाथा चीनको तिब्बतमा पर्ने जनाए पछी दुई देशबीच विवाद बल्झिएको हो।

चीन सरकारको आधिकारिक अन्तर्राष्ट्रिय मिडियाको त्यस्तो झुटो दावी गरेपछि चिनियाँहरुको त्यस्तो मिचाहा प्रवृत्ति विरुद्ध नेपाल भित्र र बाहिर चर्को बिरोध भएको छ।

त्यसरी सबैतिरबाट चर्को बिरोध र आलोचना भएपछि उक्त चीनिया टेलिभिजनले आफ्नो ट्विटरमा केही सच्याउँदै सगरमाथालाई चीन र नेपालको सिमानामा पर्ने उल्लेख गरेको छ। सच्याईएको त्यो कथन पनि आपत्तिजनक नै छ किनकी सगरमाथाको उत्तरी मोहोडा मात्रै चीनतर्फ फर्केको हो। त्यसको मतलब यो होईन कि सगरमाथा दुई देशबीचको सिमाना हो। 

यो सत्य हो कि हरेक बर्ष चीनको बाटो हुँदै सयौँको संख्यामा पर्यटकहरु सगरमाथा चढ्ने गर्छन् । जुन नेपाली बाटो भन्दा सहज मानिन्छ । तर त्यसको अर्थ यो होईन कि सगरमाथा चीन र नेपालको आधा-आधा हो।

त्यसैले चीनले सञ्चालन गरिरहेको एक अन्तर्राष्ट्रिय मिडियाले सर्वोच्च शिखर सगरमाथा चीनको भएको भन्दै गरेको झुटो दावी एउटा सामान्य “प्रूफ मिस्टेक” नभएर नेपालको सार्बभौमसत्ता माथिको प्रहार हो र छिमेकी माथिको गिद्दे दृष्टि हो।

त्यसैले नेपाल सरकारले यसलाई हल्का रुपमा लिनु हुँदैन। कडा रुपमा प्रतिबाद गर्नुपर्दछ।