चीनले महिला राजदूत पठाएर ओलीलाई फसाँउदैछ :उपेन्द्र यादव

राजनीति

काठमाडौँ/पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतीय मिडियालाई एक विवादास्पद अन्तरवार्ता दिएका छन् ।

टिभी नाइन भारतवर्षको एक भिडियो सम्बादमा बोल्दै यादवले चीनले महिला राजदूत पठाएर ओलीलाई फसाँएको कुरा नकार्न नसकिने बताए । रिपोर्टर अभिशेक उपाध्यायसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री यादवले चिनले मिचेको जमिनका बारेमा पनि छानवीन हुनुपर्ने बताए ।

उक्त सम्बादमा ओली चिनियाँ राजदुतको माया मोहमा परेको भन्दै नेकपा भित्रै छानबिनको माग उठेको चर्चा गरिएको छ । सम्बादमा हनी ट्रयापको मामिला भएकाले यसको जाँच हुनुपर्ने उपेन्द्र यादवको माग छ ।

अन्य भारतीय मिडियाले समेत नेपाल माथि अति नै अशोभनीय टिप्पणी गरिरहेका छन् । हालै धेरै न्यूज च्यानलहरुले ओली र चिनियाँ राजदूतबारेका अति नै अराजक तरिकाले समाचार बनाएको देख्न पाइन्छ ।

अन्य भारतीय मिडियाले समेत नेपाल माथि अति नै अशोभनीय टिप्पणी गरिरहेका छन् । हालै धेरै न्यूज च्यानलहरुले ओली र चिनियाँ राजदूतबारेका अति नै अराजक तरिकाले समाचार बनाएको देख्न पाइन्छ ।

भारतीय जी टिभीले त पत्रकारिताको मर्म विपरित गएर चिनियाँ राजदूत र प्रधानमन्त्री ओलीबारे समाचार बनाएको छ ।

नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका छन् र यो क्रम जारी छ । भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो ।

अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । नेपालमा कुनै किसिमको कारवाही नहुने भएपछि भारतीय च्यानलहरुको मनपरी बढेको छ ।

नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन् । उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन् ।अनलाईन पाना डटकमबाट