चुनाव अगाडि नै जनतालाई खोप लगाई सक्छौं : प्रधानमन्त्री ओली

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको उपचार पाउने हकलाई सम्मान गर्न दिनरात सरकार लागी परेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चुनाव भन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने बताए । कार्यक्रमा उनले भने ‘हामी चुनाव भन्दा अगाडि नै सबै जनतलाई खोप लगाईसक्ने त्यस प्रयासमा जुटेका छौँ ।’

यस्तै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले भने, ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने- ‘विभिन्न मित्रराष्ट्रहरुसँग खोप उत्पादकहरुसँग हामीले डिल गरिरहेका छौँ, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ ।’