चुनाव जिते लगत्तै सनी देवलकाे घाेषणा , अब फिल्म खेल्दिन !

मनाेरंजन

शेयर गर्नु होस ।

भारतीय जनता पार्टीबाट लोकसभाको चुनाव जितेपछि बलिउड अभिनेता सनी देवल केही समय फिल्ममा नआउने भएका छन्।

देवलले शुक्रबार पन्जाबको गुरदासपुर क्षेत्रबाट लोकसभा सदस्यमा अत्यधिक मत ल्याएर चुनाव जितेका थिए।

चुनाव जितेपछि उनी आइतबार मुम्बई पुगेका छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

मुम्बईस्थित आफ्नो घर फर्कने क्रममा अभिनेता एवं सांसद देवलले अब आफू केही समय राजनीतिमै व्यसक्त रहने बताएका हुन्।