“चेतकुमारी–रामनारायण थापा” स्मृति प्रतिष्ठानले गर्यो जेष्ठ नागरिक सम्मान तथा राधा–कृष्ण मन्दिरको सिलान्यास ।

Events नेपाल समाचार

४ फागुन २०७६, (१६ फेब्रुअरी, २०२०)

एमखवर सम्बाददाता, ललितपुर ।

चेतकुमारी–रामनारायण थापा” स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १ गते गोदावरी नगरपालिका १ स्थित स्थानीय गाेदामचाैर-चौथलीमा एक समारोह बीच श्री राधा–कृष्ण मन्दिरको शिलान्यास गरिनुका साथै ४ जना ९० बर्ष नाघेका बरिष्ठ नागरिकहरुलाई सम्मान गर्याे।

स्थानिय पूर्व कीट बिज्ञान बिशेषज्ञ डा.भीमसेन के.सी.को प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बरिष्ठ जेष्ठ नागरिकहरु सर्वश्री पद्म ध्वज थापा, खड्ग बहादुर अधिकारी, इन्द्र बहादुर खड्का (नारायण खड्का) तथा गणेश बहादुर थापा लाई प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ संचारकर्मी/लेखक ध्रुब थापाले सम्मानित ब्यक्तिहरुलाई ढाका टोपी, फुल माला सहित दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्नु भयो ।

स्थानिय समाजसेवी कृष्णकाजी खत्रीको सभापतित्वमा भएको सो सम्मान कार्यक्रम हुनु अघि प्रतिष्ठाका अध्यक्ष ध्रुब थापा र उहाँकी धर्मपत्नी सीता थापाले आफ्नो निजी जमीनमा स्थपना गर्न लागेको श्री राधा कृष्ण मन्दिरको शिलान्यास बरिष्ठ जेष्ठ नागरिक खड्ग बहादुर अधिकारी लगायतले गर्नु भएको थियो ।

सो अवसरमा बरिष्ठ कीट बिज्ञान बिशेषज्ञ डा.भीमसेन के.सी.ले थापा परिवारले गाउँमा पहिलो पटक जेष्ठ नागरिकहरुको सम्मान गरेकोमा प्रशंसा गर्दै मन्दिर निर्माणको काममा स्थानिय सबैको समर्थन र सहयाेग रहने बताउनु भयाे ।

सभापतिको आशनबाट समाजसेवी श्री कृष्णकाजी के.सी.ले बृद्ध–बृद्धाहरुको सम्मान हुनु गाैरबको बिषय हो भन्दै राधा–कृष्ण मन्दिर आकर्षक र उपयुक्त ठाउँमा बन्न लागेकोमा खुसी ब्यक्त गर्नु भयो ।

कार्यक्रम, प्रतिष्ठानका सदस्य प्रमुख सेनानी डा.राजकुमार थापाको संयोजनमा भएको थियो ।

दश बर्ष अगाडी आफ्नी माता चेतकुमारी तथा बुबा रामनारायण थापाको स्मृतिमा जेठा छोरा बरिष्ठ संचारकर्मी/लेखक ध्रुब थापाको अध्यक्षतामा स्थापना गरिएको “चेतकुमारी रामनारायण थापा” स्मृति प्रतिष्ठानले बिभिन्न स्थानीय बिध्यालयका बिपन्न छात्र–छात्राहरुलाई लत्ता–कपडा, कलम कापी लगायतका सहयोग निरन्तर पुर्याउँदै आएको छ ।