जनताले न्यायाधीशहरुको विवेक र साहस परीक्षण गर्दैछन: गगन थापा

नेपाल समाचार

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली एउटा टोले गुण्डामा सिमित भएको आरोप लगाएका छन् । प्रधानमन्त्रीका पछिल्ला क्रियाकलाप हेर्दा उनी सम्माननीय प्रधानमन्त्री हुन् कि टोले गुण्डा भनेर छुट्टयाउन नसकेको थापाले बताए ।

ओलीले पछिल्लो समय न्यायलय र निर्वाचन आयोगलाई धम्क्याएको भन्दै उनले टोले गुण्डाको संज्ञा दिएका छन् । हुप्सेकोट गाउँपालिका नवलपरासी कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापा ओलीप्रति आक्रोशित बनेका थिए ।

थापाले शनिबार नेकपा ओली समूहले विराटनगरमा गरेको सभामार्फत प्रधानमन्त्री ओलीले न्यायलयलाई धम्क्याएको बताए । उनले ओलीले धम्क्याएपनि अदालत त्यस्तो धम्कीको प्रभावमा नपर्ने बताए ।