जन-आक्रोश मत्थर पार्न कालापानीमा नेपाली सशस्त्र प्रहरी खटाउने तयारी !

नेपाल समाचार

एमखबर न्यूज डेस्क, क्यानडा। ११ मे, २०२० । सरकारले  कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटाउने तयारी गरेको छ। तर उसको त्यस्तो तयारीलाई आम बुद्धिजीवीहरुले भने जनताको आँखामा छारो हाल्ने काम मात्र हो भनी टिप्पणी गरेका छ्न्।

सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भनिएको व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा सो क्षेत्रमा नेपाल प्रहरी चौकी पहिलेदेखि नै रहेको र प्रतिकूल मौसमका कारण उनीहरु त्यहाँ ६ महिना मात्रै बस्ने गरेका थिए।

अहिले सोही स्थान वरपर सशस्त्र प्रहरीको टुकडी पठाउने सरकारको तयारीलाई सिमा विवादका कारण बढ्दै गएको जन-आक्रोशलाई विषयान्तर गर्ने रणनीति हो भन्ने चर्चाले राजनीतिक बजार गर्माएको छ।

हाल त्यहाँ कुनै पनि भौतिक पूर्बाधार नभएको हुनाले सशस्त्र प्रहरीको टुकडी छाङरुका एक स्थानीयको घरमा भाडामा बस्ने भएको छ। 

उक्त टुकडीलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव बेचबिखनलगायत गतिविधिको नियन्त्रण एवं न्यूनीकरण गर्ने अर्हाईने छ।