कबिताः ” जिजिबिसाकाे भिक्षा”
दिनदिनै मरेर दिनदिनै वांचेको छ जीन्दगी
आफूवाहेक कोही छैन जीन्दगी
वाच्ने रहर वोकेर
जिउने रहर वोकेर
एक्लो भएको छ जीन्दगी !
मदेखि उ डराएको छ
उदेखि म डराएको छु
सवैमा त्रास छ,
सवैमा डर छ जीन्दगी
भन्न त सहज छ,
मान्छे जन्मेकै मर्नको लागि हो
विडम्बना !!
जिजिविसाको लागि
हराएको छ जिन्दगी
परिवारसंग टाढिएका छन् मुटुहरू
आफन्तसंग हराएका छन् मनहरु
वन्द छन् बाटा
बन्द छन् चोक र गल्लीहरु
यही वन्दमा
यही खुल्ला आकाशमा
यही खाली अवस्थामा
यही सुनसान वातावरणमा
सुनौला भविष्य खोजी रहेको छु !!!
सुनसान मेरा गाउंहरुमा
सुनसान मेरा वस्तीहरुमा
एक छाक खाएर
एक कैदी जीन्दगी
भ्याक्सिनरुपी औषधी कुरेर
दिनदिनै मरेर
दिनदिनै बांचिरहेको छु !!!!
ईति सम्वतः २०७७ भाद्र १४ गते ( सन् : ३० अगष्ट, २०२० )