जितपछि विपुल पोखरेलले भने- ‘पत्रकार महासंघमा दलीय प्रभाव पर्न दिन्न’

नेपाल समाचार

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघको नीति र निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन् ।
विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए ।

उनले श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहीं कतै सम्झौता नगर्ने पनि बताएका छन् । नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाए । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए ।

कार्यसमितिमा तीन जना सदस्यबाहेक सबै पोख्रेल प्यानलबाट निर्वाचित भए। तीन सदस्यीय लेखासमिति पनि पोख्रेल पक्षको गठबन्धनबाट निर्वाचित भएका छन्।

५१ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी सबै पोख्रेल नेतृत्वको गठबन्धनबाट निर्वाचित भएका छन्के भने केन्द्रिय सदस्यमा प्रेस चौतारीबाट एक, एक जनता समाजवादी पार्टी निकट र अर्को स्वतन्त्र एक निर्वाचित भए।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट ६७४१ मतसाथ निर्वाचित भए, उनले प्रेस चौतारीका माधव नेपाललाई पराजित गरे। नेपालले ३७८१ मत ल्याए।

उपाध्यक्ष महिलामा बाला अधिकारी ७२२६ सर्वाधिक मतका साथ निर्वाचित भएकि छन् ।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारी सहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।