जीटिएको ह्यामिल्टनमा ट्कको ठक्कर बाट एक नेपालीको मृत्यु ।

क्यानडा विशेष प्रवास विविध

शेयर गर्नु होस ।

करिव ६ महिना अघि क्यानडा आएका नवलपरासी गैंडाकोटका हरि अधिकारीको सडक पार गर्ने क्रममा ट्कको ठक्कर बाट मृत्यु भएको छ ।

हिन्दुहरुको बिशेष चाड तिहारको भाईटिकाको दिन लामो समय पछि तिहारको टीका लगाउन आफ्नी दिदिकोमा जानका लागि सरसामान किन्न बजार जादाँ बाटो काट्ने क्रममा ट्कले ठक्कर दिई हस्पिटल भर्ना गरिएको थियो । उपचारको क्रममा नोभेम्वर २२ आईतवार करिव १ बजे बिहान मृत्यु भएको हो । उनी आफन्तले सन्चालन गरेको बम्बे ग्रिल नामको रेन्टुरेन्टमा सेफको रुपमा काम गर्दै आएका थिए ।

एमखवर परिवार मृतक हरि अधिकारी प्रति हार्दिक श्रदान्जली अर्पित गर्दछ ।