जुम्लाको क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु

कोरोना अपडेट नेपाल समाचार

सुर्खेत : जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ।

चन्दननाथ नथरपालिका–८ तलिउम गाउँमा रहेको धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो।

क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको जानकारी चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले दिएकी छन्।

उनका अनुसार मृतक जेठ २१ गते बाहिर जिल्लाबाट जुम्ला आएका थिए।

स्वास्थ्यकर्मीको टोली पुगेर मृतकको स्वाब संकलन गरी ल्याइसकेको बताइएको छ ।