जेठ ३ गते लगनगाँठाे कस्दै रवि र निकिता

मनाेरंजन

शेयर गर्नु होस ।

पत्रकार रबी लामिछाने र निकिता पौडेलकोको शुभ बिबाह यहि जेठ ३ गते भक्तपुरको एक होटलमा हुने भएको छ । केहि समय पहिले जेठी श्रीमतीलाई डिभोर्स दिएर आलोचना र बधाई पाएका पत्रकार रवि लामिछाने र नेपाल चलचित्र बोर्डकी अध्यक्ष निकीता संग कोट म्यारीज गरेका थिए । रवि र निकिताले होटेल म्याष्टिक माउनटेन नगरकोट, भक्तपुरमा एक समारोह बिच विबाह गर्न लागेका हुन ।

रवि लामिछाने निकिता पौडेल हामी दुईले विबाह बन्धनमा बाँधिएर जीवनको यात्रा तय गर्यौं ।यस अबसरमा हामीलाई आशिर्वाद प्रदान गर्न उपस्थित भईदिएर समारोहको गरिमा बढाईदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं । जेष्ट ३ गते शौक्रवार साँझ ५ बजे पछि सुरूहुने रवि लामिछाने र निकिता पौडेलको बैवाहिक समारोहमा उपस्थित हुने पाहुनाहरूका लागी १ रात बस्ने र बिहानको खाजा समेत ब्यबस्था गरिएको छ ।