जेलमै सजाय काटिरहेका रेशमलाल चौधरी जसपाको १७औं नम्बरको केन्द्रीय सदस्य

अर्थ तथा ब्यापार

काठमाडौं । कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरी नवगठित जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य बनेका छन् । जसपाले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कार्यसमितिको सूचीमा चौधरी १७औं वरीयताका केन्द्रीयकारिणी सदस्य रहेको उल्लेख छ ।

चौधरी कैलाली टिकापुर हत्याकाण्डमा अदालतबाट अभियुक्त ठहर भई सजाय काटिरहेका व्यक्ति हुन् । हाल उनी डिल्लीबजार कारागारमा छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सिनियर नेताहरूलाई पछि पार्दै १७औं वरीयताको केन्द्रीय सदस्य बन्न सक्नुलाई चौधरीको खुबी मानिएको छ ।

गत चुनावमा चौधरीले नेपाली कांग्रेस र एमालेका नेतालाई पछि पार्दै राजपाबाट चुनाव जितेका थिए ।