झापामा रोकिए पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल

विविध

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पतीलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो। बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरेपनि केहीबेर मै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

झापामा कोरोना भाइरसको संक्रमण बढेपछि शाह फर्कने तयारीमा रहेको बुझिएको छ । उनका सहयोगीका अनुसार पास भोलिसम्ममा पाइने जानकारी आएको र आइबार फर्कने तयारी भएको छ ।