टाेराेन्टाे घाेषणा जारी – एनआरएनएको अमेरिकाजक क्षेत्रीय भेला तथा दोश्रो बिज्ञ सम्मेलन क्यानडामा सम्पन्न ।

Breaking NRNA प्रवास

शेयर गर्नु होस ।

राजु थपा, क्यानडा । ०७ सेप्टेम्वर, २०२० । गैरआवासीय नेपाली संघले यहि सेप्टेम्वर ४ देखि ६ तारिख सम्म क्यानडाको टोरोन्टोमा आयोजना गरेको अमेरिकाज क्षेत्रीय सम्मेलन हिजो सम्पन्न सफलताका साथ सम्पन्न गरेकाे छ ।

नेपालका सामाजीक, आर्थिक विकासका हिसाबले महत्वपूर्ण बिषयहरुमा यौटा ऐतिहासिक दस्ताबेजका रुप भएकोले त्यसका लागि यो सम्मेलन सफल हनाका साथै नेपाल सरकारलाई भबिष्यमा निति निर्माण गर्न सहयोग पुग्ने कुरा क्यानडाका लागि नेपाली राजदूत तथा क्षेत्रीय भेला समापन समारोहका प्रमुख अतिथि भृगु ढुंगानाले बताउनु भएको छ । साथै उहाँले गैरआवासीय नेपाली संघका नेपाली सदस्यहरुको ज्ञान, सीप, पुंजी, प्रबिधि लगायतलाई नेपालको सामाजीक आर्थिक विकासमा गरेको भूमीकालाई उच्च रुपमा लिएको र भविष्यमा यो एउटा कोसेढुंगा सावित हुने उल्लेख गर्नु भयो ।

क्यानडाका लागि महामहिम नेपाली राजदुत भृगु ढुंगाना ।

तीन दिन सम्म चलेको सम्मेलनका क्रममा बिभिन्न विषयमाथि अन्तरक्रियात्मक कार्यशालाहरु देखि बिभिन्न बिधामा बिज्ञहरुका ज्ञान सम्बन्धि कार्यपत्र सन्चालन भएका थिए । सम्मेलन बाट आएको निचोडलाई समेटेर टोरोन्टो घोषणापत्र गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समिति मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

सम्मेलन समापन समाराेह, टाेराेन्टाे ।

नर्थ अमेरिकाका आरसी राजन त्रिपाठीको अध्यक्षमा डिआरसी राम पोखरेल, युवा संयोजक विमला सापकोटा महिला संयोजक उमा कार्की थापा तथा आईसीसी सदस्य गोपी कृष्ण काफ्ले आयोजक राष्ट्र बाट कोअर्डिनेटर तथा एनआरएन क्यानडा बाट चिरञ्जीवी घिमिरे तथा अमेरिका बाट सुनिल शाह सहित सबै आईसीसी एस कमिटी का सदस्य राखिएको थियो। दोस्रो विज्ञ सम्मेलन का लागि डाक्टर लक्ष्मी पाठक संयोजक तथा डाक्टर आमोद पोखरेल अमेरिका तथा खाध्य वैज्ञानिक नारायण घिमिरे उपसंयोजक रहनुभएको थियो। कार्यक्रम मा बिभिन्न नौ कमिटीहरू बनाइएका थिए। जस अन्तर्गत मिडिया कोअर्डिनेटर गोपी कृष्ण काफ्ले, पब्लिक रिलेसन ढुण्डिराज पाण्डे, इभेन्ट चिरञ्जीवी घिमिरे तथा एनआरएन क्यानडा रजिष्ट्रेशन रविन्द्र घिमिरे, स्वयंसेवकमा अभिमन्यु बस्नेत, कल्चर कृष्णा शर्मा काफ्ले, फाइनान्स होमनाथ गौतम, आईटी कमिटीमा राजन त्रिपाठी र मणि पनेरु नेपाली रहनुभएको थियो।

समापन समाराेह टाेराेन्टाे ।

सम्मेलनमा महिलाहरुको सहभागिता नदेखिएको भन्दै केहि समितिका पदाधिकारीहरुले आपत्ती जनाउनुका साथै कार्यक्रम बहिस्कार लगायत आयोजक कमिटिका अध्यक्ष आरसी राजन त्रिपाठिको राजीनामा समेत मागेका थिए । 

कार्यक्रमको उद्घाटन यहि सेप्टेम्वर ४ तारिख परराष्ट् मन्त्री प्रदीप कुमार ज्ञवालीले गर्नु भएको थियो । कोभिड १९ को महामारिका कारण भर्चुअल जुमको माध्यमबाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम आयोजक गैरआवासीय नेपाली संघ क्यानडाका महासचिव पिताम्वर भट्टराईले संचालन गर्नुभएको थियो ।

भर्चुअल जुम सम्मेलन समापन ।

कार्यक्रम समापन पछि पत्रकार सम्मेलन मार्फत बिभिन्न देशमा रहेका पत्रकारहरुको जिज्ञासाको जवाफ सम्बन्धित पदाधिकारीहरुले उत्तर दिनु भएको थियो ।