टोरोन्टोमा आयोजित लकडाउन विरुद्धको प्रदर्शनमा प्रहरीको धरपकड !

क्यानडा विशेष

एम खबर, टोरोन्टो। १६ जनवरी २०२०। शनिबार कोभिड १९ विरुद्धको डाउनटाउनको बिरोधमा टोरन्टोमा आज आयोजित जनप्रदर्शलाई टोरोन्टो प्रहरीले तितरबितर पारेको छ र प्रदर्शनमा उत्रिएका धेरैजनालाई धरपकड समेत गरेको छ। लकडाउनको प्रतिबन्धलाई तोडेको र स्टे होम अर्डरलाई अटेर गरेको अभियोगमा टोरोन्टोमा भिड जम्मा गर्ने आयोजकहरूलाई पक्राउ गरेको छ। 

टोरोन्टो प्रहरीले “कोभिड १९ महामारी केवल एक सार्वजनिक स्वास्थ्य मुद्दा मात्र होइन; यो एक सार्वजनिक सुरक्षा मुद्दा हो” भनेको छ र विरोधसहित ठूला जमघटमा भाग लिनु भनेको जनस्वास्थ्यलाई ध्यानमा राखेर गरिएको जनसुरक्षा आदेशहरूको उल्लंघन हो र त्यस्तो क्रियाकलापबाट सिङ्गाे समुदायलाई नै जोखिममा पार्छ। 

प्रहरीले भनेको छ, उनीहरूको त्यस्तो प्रदर्शन र उपस्थितिलाई कानून बिपरित मानिने छ र त्यस्ता कुनै पनि प्रदर्शनी र भिडभाडलाई तितरबितर गरिने छ र टिकट र समन जारी गरिने छ।