ट्राभल हिस्ट्री नै नभएका इन्सपेक्टरलाई कोरोना संकमण

नेपाल समाचार स्वास्थ्य

काठमाडौं /महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा शुक्रबार उनको मात्र रिपोर्ट पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

गोरखा घर भएका उनी लकडाउन सुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री नभएको परिसरले जनाएको छ । हाल उनी काठमाडौँको टोखा नगरपालिका बस्दै आएका छन् ।