ट्रेन्डिगं १ मा सिमा विवाद सम्बन्धि ‘सिधा कुरा जनतासँग’

अन्तरवार्ता

रवि लामिछानले सञ्चालन गर्ने ‘सिधा कुरा जनतासँग’ दर्शकमाझ प्रिय छ । जनतासँग जोडिएका विषयमा सिधा कुरा गर्ने लामिछानेको नपाल भारत सिमा विवादसँग जोडिएको पछिल्लो एपिसोड लोकप्रिय भएको छ । बिहिबार प्रशारित रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम नेपाल युटुव ट्रेन्डिगंको शिर्ष स्थानमा छ । भिडियो :

सिमा विवाद सम्बन्धी गरिएको दुई देशिय बहसको भिडियोलाई दश लाख भन्दा बढी भ्युज छ । ११ हजार बढीले आफ्नो प्रतिक्रिया दिएका छन् भने झण्डै नब्बे हजारले लाइक गरेका छन् । सिधा कुरा जनासँगको यो एपिसोड रवि लामिछानेले अंग्रेजीमा सञ्चालन गरेका छन् ।

कार्यक्रममा नेपाल तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्रविद तथा पुर्व राजदुत प्रधुम्न बिक्रम शाह, लेखक विश्लेषक टीका ढकाल अनि भारत बाट प्रोफेसर एस. डि. मुनी, नेपाल भारत प्रबुद्ध समुह सदस्य महेन्द्र पि. लामा र भारतीय सेनाका पुर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता सहभागी छन् ।