डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी मोक्तान र बिजु पार्कीको (सुविजु) जोडीलाई !

मनाेरंजन विविध

एम खबर, क्यानाडा। डिसेम्बर १९, २०२०। हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको भर्खरै सम्पन्न भएको फाइनलनमा सुमी मोक्तान र बिजु पार्कीको जोडी (सुबिजु) विजेता बन्न सफल भएको छ।

फाईनल प्रतियोगी वुद्ध लामा र केबिका खत्रीको जोडी फस्ट रनरअप बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ।

बिजेता सुबिजु जोडीले डान्सिङ्ग विथ द स्टार्सको उपाधी संगसंगै २० लाख नगदसहित अन्य पुरस्कारहरू पाएका छन्।