डा. केसी भन्छन्- भारतले नेताका छोराछोरी पढाइदिने, नेताले सिमा विवाद बारे नबोल्ने सर्त छ !

अन्तरवार्ता नेपाल समाचार

प्राध्यापक डा सुरेन्द्र केसीले नेपाली शासकहरुको भारतप्रतिको लाचार र डरपोक प्रवृतिका कारण नेपाल–भारतबिच सिमा समस्या रहेको बताएका छन् ।

सत्ता नपाउञ्जेल राष्ट्रवादी कुरा गर्ने तर सत्ता पाएपछि आफ्नाहरुकोलागि पद, पैसा र हैसियत जुटाउन लागिपर्ने बानी परेकाहरुले मिचिएको नेपाली भूमी फिर्ता गर्ने आशा गर्न नसकिने उनको ठहर रहेको छ ।

भारतीय शासकहरु सामू नेपालका शासकहरु थरथरी काँप्ने गरेको दृष्टान्त पनि उनले सुनाए । डा केसीले भारतले नेपाली नेताका छोराछोरीलाई पढाइदिने सर्तमा सुस्ता र कालापानीको बारेमा नबोल्न दवाव दिएको पनि खुलासा गरे ।

पदकालागि लैनचौर धाउने र भारतमै बसेर जन यु द्ध गर्ने र भारतकै योजानमा सरकारमा जानेहरुबाट नेपाली भूमीको रक्षा हुने कल्पनापनि गर्न नसकिने उनको तर्क रहेको छ । एक चर्चित अनलाईन टेलिभिजनलाई अत्तरवार्ता दिँदै उनले यस्तो दावी गरेका हुन् ।

डा. केसीले सिमा समस्या आजको मात्र समस्या नभएको स्मरण गराउँदै सुस्तामा आफ्नै नागरिकलाई नागरिकता नदिएका कारण नेपाली गाउँ र भूमी नै भारतले हडपेको खुलासा पनि गरे ।

लिपुलेक भारतले हडपेको प्रशंगमा डा केसीले सरकारमै रहेका एकजनाले लिपुलेक त राजा महेन्द्रले उतिबेलै २ बाकस सुनमा बेचिसकेको भनेको सुनेको स्मरण गराउँदै यदि त्यो हो भने अहिलेका शासकहरुपनि त्यसकै निरन्तरतामा रहेको हुनसक्ने उनको आशंका रहेको छ । परनिर्भरता नेपालको मुख्य समस्गा रहेको उनको भनाइरहेको छ ।

हिजो राजालाई गाली गर्नेहरुले आज लोकतन्त्र, गणतन्त्र ल्याएर जनता र देशलाई दिएको उपलब्धि चाँही केहो ? भनेर प्रश्न गरे । राजाहरुले स्थापना गरेका करिव ३०० उद्योग बेचेर खाएका यी दलहरुले एउटापनि उद्योग स्थापना गरेको तथ्यांक नरहेको उनको भनाइरहेको छ ।

जनताका छोराछोरीलाई गलत इतिहास पढाएका शासकहरु सत्तामा समस्या आएपछि र भारतले मिच्दै आएर घाँटी समाउन खोजेपछि मात्र एकछिन् जुर्मुराउन खोजेजस्तो गर्छन् भोलिपल्ट बिर्सिहाल्छन् किनकी यिनीहरुलाई छोरी, बुहारीलाई मन्त्री बनाउनु छ, आफन्तलाई राजदूत र जिएम बनाउनु छ अनि कसरी देश बचाउन सकिन्छ ? केसीको प्रश्न छ ।

देशको सिमा, सार्वभौमसत्ता र जनताको सुरक्षा गर्ने कुरा कुनैपनि सरकारको प्राथमिकतामा नरहेको उनको दावी रहेको छ । अबको पुस्तालाई सत्य इतिहास पढाएर जागरुक गर्नुपर्ने आवश्कता परिसकेको उनको सुझाव रहेको छ ।