डा. पुनसँग किन रुष्ट स्वास्थ्य मन्त्रालय

नेपाल समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले डा. पुनलाई भोलि मन्त्रालयमा उपस्थित हुनसमेत निर्देशन दिएको बुझिएको छ । मन्त्रालयले पुनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालय बोलाएको हो ।

यसअघि मन्त्रालयले उनलाई मौखिक रुपमा बोलाएको थियो । तर, पुन नगएपछि मन्त्रालयले लिखित रुपमा उनलाई बोलाएको हो ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड(१९) को बारेमा डा. पुनले विभिन्न मिडियासँग आफ्नो कुरा राख्दै आएका थिए । उनी यो विषयमा मिडियामा देखिएपछि मन्त्रालय रुष्ट भएको बुझिएको छ ।