तेश्रो शहिद लखन थापा मगर भलिवल क्यानडामा सम्पन्न ।

NRNA क्यानडा विशेष खेल

शेयर गर्नु होस ।

नेपालको पहिलो शहिद क्याप्टेन लखन थापा मगरको सम्झनामा ग्रेटर टोरोन्टोमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

निरंकुश राणा शासनको सुत्रधार कर्ता जंगबहादुरको राज्य सत्ता विरुद्द बि.सं. १९३२ सालमा लखन थापाको नेतृत्वमा जनस्तरबाट उठेको बिद्रोहनै नेपालको पहिलो राजनितिक ऐतिहासिक आन्दोलन थियो । सबै किसिमका संगठनहरु खोल्न प्रतिबन्धित अवस्थामा गरिएको यस्तो सांगठनिक बिरोधको परिणाम स्वरुप बिद्रोहको दमन गर्ने सिलसिलामा झुन्ड्याइएका सात जना ब्यक्तिहरु लखन थापा, जयसिंह चुमी, अच्छामी मगर र अन्य चारजना व्यक्तिहरु मध्य लखन थामा मगर लाई वि.सं. १९३३ फागुण २ गते जंगबहादुरको आदेशमा पहिलो नम्बरमा झुन्ड्याइएकोले नै उनलाई पहिलो शहिद भन्ने गरिएको हो । तात्कालीन श्री ५ को सरकार बाट सन् २३ फेब्रुअरि, २००० मा लखन थापा मगर लाई नेपालको पहिलो शहिद घोषणा गरिएको थियो । उनलाई वि सं १९३३ मा मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिईएको थियो ।

शनिवार ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा भएको एक दिवसिय प्रतियोगितामा लालीगुराँस स्पोर्टस क्लब बिजयी भएको छ भने उपबिजेता टोरोन्टो स्पोर्टस क्लब भएको छ ।

खेलप्रेमि तथा नेपाली समूदायको उल्लेख्य सहभागितामा भएको प्रतियोगितामा बिजयी हुने टिम लालीगुराँस स्पोर्टस क्लबका कप्तान हेम थापा लगायत बिजयीहरुलाई एनआरएन क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेले उपाधि प्रदान गरेका थिए ।

गत २ बर्ष देखि नेपालको पहिलो शहिद लखन थापा मगरको सम्झनामा मगर संघ क्यानडाले भलिवल प्रतियोगिता आयोजना गर्दै आएको हो ।