तीव्र विकासले कतिपय मानिसहरू आत्तिए – प्रधानमन्त्री ओली

नेपाल समाचार

इन्द्रबहादुर थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले देश तीव्र गतिमा विकास हुँदै गएपछि कतिपय मानिसहरू आत्तिएको बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् । 

‘आज नेपाल परिर्वतनको तीव्र गतिमा छ, त्यसैले कतिपय मानिसहरू आत्तिएका छन्,’ प्रधानमन्त्री ओलीले भने । उनले अब टेलिफोन र विजुलीको तार पोल पोलबाट हट्ने पनि बताए । उनले भने, ‘अब तपाईहरूले side effects पोल पोलमा झुण्डिएको तार देख्न पाउनु हुन्न, तारलाई जमिनमुनीबाट लैजाने कामकाे शिलान्यास गरेको छु ।’ 

उनले ८८ प्रतिशतभन्दा बढी मानिस विद्युतको पहुँचमा रहेको र बाँकी मानिसहरूको पहुँचमा पनि केही समयभित्रै विद्युत पुग्ने बताएका छन् । यस्तै, मेलम्चीको पानी काठमाडौंमा ल्याएर निकट भविष्यमा खानेपानीको समस्या समाधान गर्ने बताए । 

उनले देशभर डिजिटल नेपाल बनाउन फोर जी सेवा विस्तार भएको बताएका छन् । देश विकास हुँदा केही मानिस अत्तालिएको उनकाे भनाइ थियाे । ‘केही मानिस त सपनामा झैँ यतिछिटो विकास हुँदो रहेछ भन्ने गरेका छन्,’ उनले भने ।