तेश्रो नेपाल क्यानडा भलिबल प्रतियोगिता एवम साँगेतिक साँझ – थानेश्वर गौतमको धमकेदार प्रस्तुती हुने

क्यानडा विशेष मनाेरंजन

शेयर गर्नु होस ।

बाग्लुङ सेवा समाज क्यानडाले तेश्रो नेपाल क्यानडा भलिबल प्रतियोगिता यहि आउँदो जुन ३० गते टोरोन्टोमा गर्दैछ । जुलाई १ क्यानडा डे को अवसरमा बिगत ३ वर्ष देखी सो प्रतियोगिता हुदै आइरहेको छ । सो प्रतियोगितामा मा अमेरिका र क्यानडाका गरि १० टिम सहभागि हुने अपेक्षा राखिएको छ ।

भलिबल प्रतियोगिता पश्चात सोहि दिन साँझ प्रखर एवम बहुआयामिक गायक सँगितकार थानेश्वर गौतम द्धारा धमकेदार साँगितक प्रस्तुती रहने छ । कार्यक्रमका लागी तयारी धमाधम भैरहेको भलिबल संयोजक याम खत्री, महासचिव लक्ष्मण पाण्डे र साँगितिक कार्यक्रम संयोजक हरि केसि ले जनाइका छन ।