थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४

नेपाल समाचार स्वास्थ्य

काठमाडौं, बैशाख २९/
कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।

यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।

मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।