थाइ राजाद्वारा आफ्नै निजी सुरक्षा उपप्रमुखलाई रानी घोषणा

विश्व समाचार

शेयर गर्नु होस ।

बैंकक । थाइल्याण्डका राजाले निजी सुरक्षा उपप्रमुखसँग विवाह गरेर उनलाई रानीको पदवी दिइएको घोषणा गरेका छन् । उनको राज्यारोहणको कार्यक्रम आउँदो शनिबारबाट शुरु हुन गइरहेकोमा त्यो भन्दा अघि उनले पछिल्लो आश्चर्यजनक घोषणा गरेका हुन् । 
६६ वर्षिय थाइ राजा महा भजीरानोङकङ सन् २०१६मा उनका बाबुको निधनपछि संवैधानिक राजाका हैसियतमा रहेका छन् । उनले तीन पटक विवाह गरेर पछि सम्बन्ध विच्छेद गरेका थिए । उनका सात जना छोराछोरी छन् । वक्तव्यमा जनरल सुथिदा भजीरालोङकोर्न ना आयुद्धालाई रानीमा बढुवा  गरिएको र उनी अब शाही पदवी सहित राजपरिवारको सदस्य हुने जनाइएको छ ।
उनी धेरै वर्षदेखि राजासँग सार्वजनिक कार्यक्रममा यसअघि देखिने गरेकी थिइन् ।तर उनीहरुको सम्बन्धका बारेमा यसअघि कसैलाई पनि जानकारी थिएन । थाइ टिभीमा उनीहरुको विवाहको फुटेज देखाइएको थियो । सुथिदा सन् २०१४ अघि थाई एयरवेजमा फ्लाइट एटेण्डेन्ट रहेकी थिइन् । त्यसपछि उनी शाही बडीगार्ड युनिटमा डिपुटी कमाण्डरको रुपमा नियुक्त भएकी थिइन् । सन् २०१६को डिसेम्बरमा उनलाई सेनाको फूल जनरल बनाइएको थियो । 
(बीबीसी)