थुनुवा युवकमा कोरोना संक्रमण, प्रहरी कार्यालय सिल

नेपाल समाचार स्वास्थ्य

कैलाली, ९ जेठ । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । उनले संक्रमितसँग सम्पर्कमा रहेका संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।