दलभित्रको कचिङ्गलले असहयोग, विरोध र घेराबन्दीबाट संसदलाइ सिकार बनाउने अबस्थाले संसद बिघटन गरिएकोः प्रम ओली

Breaking नेपाल समाचार राजनीति

संसद् विघटन भएको दोस्रो दिन ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । संबोधनमा ओलीले आफूलाई अफ्ठ्यारोमा पारिएको भन्दै संसद् विघटन र चुनावको औचित्य पुष्टि गरेको बताएका छन् । साथै विपक्षी दलहरुलाई पनि उछिनेर केही आफ्नै पार्टिका  नेताहरु सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत् भइरहनु भयो। आफुलाइ मन्त्रिपरिषद् ‌देखि संवैधानिक अङ्गहरूसम्म काम गर्न नदिएको र पार्टी सञ्चालनको जिम्मा पाएका अर्का अध्यक्षले एकतालाई टुङ्ग्याउन काम नगरेको उनको आरोप थियो। बरू उनले प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै सरकार गठनको एक वर्ष नहुँदै नेताहरूले देश बाहिर गएर र आफू देशमा नभएको बेला देश अस्थिरतामा गएको सन्देश दिनेगरी अभिव्यक्ति दिएको बताए। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेतालाई थाहै नदिइ संसद् अधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गरेर संविधान विपरित पार्टी, प्रणाली र पद्धतिमाथि गम्भीर आघात पुर्‍याएको बताए। यसपछि नै पार्टीभित्रको अवस्था निकै गम्भीर र सङ्कटपूर्ण बन्न पुगेको हो।

दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्नै पर्ने अवस्था आएपछि मध्यावधि चुनावको बाटो रोजेको उनको भनाइ थियो। साथै उनले भने निर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै हो। मैले यही बाटो अवलम्बन गरेको छु। अब, पार्टीमा आफूमाथि प्रश्न उठाउने नेताहरूलाई लक्षित गर्दै चुनावले उनीहरूको लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिनेु बताएका छन्।