‘दालभात तरकारी’ आजबाट देशभर प्रदर्शनमा

मनाेरंजन

शेयर गर्नु होस ।

काठमाडौं : यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएका चलचित्र ‘दालभात तरकारी’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा सर्वाधक २४ शो पाएको छ । सर्वाधिक शो पाएर खुशी भएको चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ समेत खुल्ला गरेको थियो ।

आफूलाई पायक पर्ने समयमा अनलाइनबाट नै टिकट बुकिङ गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यका साथ अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसीले बताए ।