दालमें नही ‘पशुपतिनाथ’ में कुछ काला है – (मानकाजी “ज्येना”

कला साहित्य मनाेरंजन विविध

नेपालमा, यो भनिन्छ र मानिन्छ—
कि, जग्गा, जमिन उर्बरा तथा मलिलोछ,
जनता जनार्दन ‘पेंडा—भेंडा‘ छन्,
प्रकृति सम्पदाले मानौं भू स्वर्गनै छ
तर, अचम्म यो छ —कि अन्याय, अत्याचार, भ्रष्टाचार किन यति ब्याप्त छ?
र तेस्तै, पापाचार, दुराचार, काण्डै काण्डले हेर्नोस कति हद सिमा नाघ्दो छ !?


यक्ष , रहस्यमय तथा हाल सम्म अनुत्तरित प्रश्न यो छ —
कि पापगर्नेलाइ फलिफाप र पुण्यगर्नेलाइ अभिशाप किन हुंदोछ ?
भलै, बिकाशे नारामा खरबौ खरबको ऋण भित्रयाइयो, बोकाइयो
शासन प्रणाली, नेता तथा पार्टीहरु एकपछि अर्को १०, १० वर्षमा फेरियो
१७ हजारको बलीदेखि होली वाइनसम्मको अभिषेक गराइयो,
परिवर्तनको खांतिर यसरी, आकाश पाताल नै जोडियो,
किन्तु, आमआदमीको कांचुली फेरियन , ती पापीहरुको मात्र फेरियो ।


अर्थात् ,


लेकिन, क्यूं आजतक खोदा पहाड, निक्ले चुहा ही हो रहा है?
मुझे लगताहै कि, जरुर दालमें कुछ काला है।

कुरो को चुरो के भने, आए गए कैयौं तन्त्र, वाद नाथ र वावा
हरु , जस्तैः गोरखनाथ, मत्सेन्द्रनाथ, साइ तथा ‘पशुपतिनाथ‘ वावा
सबैनाथलाइ माथ गर्दै पशुपतिनाथ‘ ले जो भिटो पावर लिएको
भाग्यविधाता यिनैहुन भनी शरणम् गच्छामी गरेको
र, आजआयर थाहा लाग्यो कि निज बाबाले शरणको मरण गरेको।


मेरो जस्तैे गायिका कोमल ओलीजीको पनि यो प्रवल शंका छ
कि शिबजीको नामले ‘पशुपतिनाथ‘ १ नम्बरको बदमाश छ ।
इसलिएं आजतक खोदा पहाड, निक्ले चुहा ही हो रहा है?
मुझे लगताहै कि, दालमें नही, वल्की पशुपतिनाथ‘ में कुछ काला है।

पुजारीजस्तै बाबा पनि, कि इन्डियन कि ‘र‘ को दलाल हुनु पर्छ
तेसैलै, यी २ को मिलीभगत मा नेपाल नराम्ररी फसेकोछ—
कि, अंगिकृत नेपाली नागरिकता दिनु पर्छ, कि इन्डिया धपाउनु पर्छ
नहितो, नूनकोसोझो गर्दै, इधर सें ज्यादाउधरको भलाइ गरिरहन्छ
फलतः सन्धि, सम्झौता सबै उताकालाइ फल, यताकालाइ आंखातरी मर नै हुने गर्छ ।
अर्थात, खोदा पहाड, निक्ले चुहा इसलिए हो रहा है
क्युं कि ये सब पशुपतिनाथ बाबाजीका ही मायाबी खेला है
यसो भन्दै गर्दा, ए मत भुल्ना कि नेपालीका दोष नहि, है
दर असल, ती २ नटवरलाललाइ पुजा कर्नेका हि फल है ।


नेपाल र नेपालीले अझ पनि वुझपचाइ गोर्खेलौरी न कसे,
हालै संशोधित नागरिकता ऐन कडाइका साथ अब लागु नगरे
अंगिकृत लेण्डुपेहरुको र दिल्ली दर्बारको पछि पछि लागि, रहे
नेपाली जाति, रहौंला कहांं नेपालै, नरहे ?!

ई. मानकाजी श्रेष्ठ “ज्येना”, गाेरखा बजार, हाल क्यानडा ।