दिवसले इतिहास रचे: अमेरिकन आईडलमा दोस्रो बन्न सफल

Breaking NRNA प्रवास विश्व समाचार

एमखबर न्यूज डेस्क, क्यानडा। १८ मे, २०२० । बिश्व प्रसिद्ध गायन रियालिटी शो अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका बहुचर्चित प्रतिस्पर्धी दिबेश पोख्रेल अर्थात अर्थर गन फर्स्ट रनर अप अर्थात् प्रतियोगिता कै दोश्रा बन्न सफल भएका छन् ।

अन्तिम ३० प्रतिस्पर्धिको रुपमा अमेरिकन आईडलमा चर्चामा आएका अर्थरले क्रमश; अन्तिम बिस, अन्तिम १० र अन्तिम ५ र अन्तिम २ मा पपुलर मतको आधारमा अगाडि बढ्दै अन्ततः उनी दोश्रा भएका छ्न्। 

प्रतिस्पर्धाको उपाधि भने अमेरिकन प्रतिस्पर्धि २१ वर्षीया जस्ट साम (सामन्था डियाज्) ले जितेकी हुन् । उनी न्युयोर्क सहरको बिभिन्न ट्रेन स्टेशनहरुमा गीत गाएर यात्रुहरुलाई मनोरञ्जन गराउने गर्दथिन् ।

अर्थर गनलाई अमेरिकन आईडलको उपाधि नजिक पुर्याउनका लागि अमेरिकास्थित नेपाली समुदायले पपुलर भोटको लागि सामाजिक संजाल मार्फत प्रचार प्रसारमा निकै मेहनत गरेको थियो। एनआरएन क्यानाडाले दिबसलाई जिताउ अभियान नै चलाएर सबै नेपालीलाई भोटकोलागि औपचारिक रुपमा नै अपिल गरेको थियो।

सन् २०१४ मा कन्सास राज्यमा आप्रबासीका रुपमा प्रबेश गरेका अर्थरले आईतबार आयोजित अन्तिम प्रतिस्पर्धामा अमेरिकन आईडलको रनरअप बन्न सफल भएपछी अमेरिका भर नेपाल र नेपालीको प्रशंसा हुन  थालेको छ।