दुईतिहाई बहुमत आफुसँग हुँदा हुँदै अरु पार्टी फुटाउन किन आवश्यक भयो :जर्नादन शर्मा

नेपाल समाचार

नेकपा नेता तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा प्रभाकरले राजनीतिक दलसम्बन्धी अध्यादेशको आवश्यकता नभएको बताएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्य्विधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो ।

उनले नेकपासँग दुई तिहाई बहुमत हुँदा हुँदै सो अध्यादेश आवश्यकता नभएको भन्दै फेसबुकमा स्टाटस् पोष्ट गरेका हुन् । उनले भनेका छन् दुई तिहाई बहुमत आफैसँग हुँदाहुँदै अरु पार्टी फुटाउन किन आवश्यक पर्यो भनेका छन् । सो दुबै अध्यादेश राष्ट्रपतिबाट जारी भएको छ ।

उक्त अध्यादेश विवादित बनेको छ । पूर्वमाओवादीसहित पूर्वएमालेका केही नेताहरुले यो अध्यादेशको विरोध जनाएका छन् । त्यस्तै सरकारका मन्त्री पनि यो अध्यादेशको विरुद्धमा रहेका छन् ।

मन्त्रिपरिषदले पारित गरेको दुवै अध्यादेश तत्काल राष्ट्रपतिकहाँ पुर्याइएको थियो । सोमवार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी भएका हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी भएको जनाएको छ ।