दुई दिनमा २ अभिनेता गुमायो बलिउडले

मनाेरंजन

बिहीबार बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । लामो sildenafil erkaltung sildenafil erkaltung suppe समयदेखि क्यान्सर रोगबाट पिडित ऋषि कपुरको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको हो । बुधबार एक अभिनेता गुमाएको बलिउडले आज पनि अर्का अभिनेता गुमाएको हो ।

बुधबार अभिनेता इरफान खानको निधन भएको थियो । भने आज फेरि बलिउडकै चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । दुर्ई दिनमा दुई अभिनेता गुमाउदा बलिउड शोकमा डुबेको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना भएका ऋषि कपुरको अचानक बिहानै निधन भएको हो ।

उनको निधनको खबरले बलिउड महानायक अमिताभ दुखी भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनको निधन भएको बताएका छन् । उनले स्टाटसमा भनेका छन् ‘ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।’