देउवा अब आम निर्वाचन नहुँदा सम्मकालागि प्रधानमन्त्री ।

Breaking नेपाल समाचार राजनीति विविध

शेयर गर्नु होस ।

एम खबर डेस्क, क्यानडा । जुलाई १२, २०२१ । सर्बोच्च अदालतको आदेशबाट प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब विस्वास को मत पाए पनि नपाए पनि आम निर्वाचन भएर अर्को सरकार गठन नहुने अबस्था सम्मका लागि निर्बिकल्प प्रधानमन्त्री बन्ने भएका छन्। उनलाई कति अबधिको प्रधानमन्त्री बनाउने हो त्यसको छिनोफानो भने नेकपा एमालेले गर्ने निर्णयमा भर पर्ने छ । एमालेले देउवालाई बिश्वासको मत नदिएको स्थितिमा मुलुक मध्याबधि निवाचन तिर जाने छ। देउवालाई प्रधानमन्त्री बाट हटाउने र अर्को कुनै ब्यक्तिलाई प्रधानमन्त्री बनाउने संबिधानत अब कुनै उपाय छैन। प्रचण्ड सहितको तात्कालिन नेकपा र माधव ( केपि को बर्तमानको नेकपा एमाले बिच तिन बर्ष यता चल्दै आएको जुगाँको लडाईमा अन्ततः देउवाले बाजि मारेका छन्। देउवालाई अब प्रधानमन्त्री बाट संबिधानतः कसैले पनि हटाउन सक्दैन। पुनर्स्थापित संसदको कार्यकाल पूरा भएर वा मध्याबधि जुनसुकै किसिमले अर्को आम निर्वाचन नभएसम्म अब प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनेछन्।

अदालतको निर्णय पछि स्वतः पदमुक्त भएका प्रधानमन्त्री केपि ओलिले राजिनामा दिएको भए थोरै भए पनि नैतिकता देखिने थियो तर उनले यस पटक पनि दम्भ देखाउँदै आफु निकट युवा नेतालाई खटाएर प्रधानन्यायधिश बिरुद्ध नाराबाजि गर्न लगाए र अदालतको फैसलाको बिरुद्ध सडकमा प्रदर्शन गर्न लगाइरहेका छन् । जे होस, अदालतको गलहत्याइ मै परेर भएपनि कसैलाई नटेर्ने र म नै राज्य हुँ को शैलिमा दम्भ,घमण्ड र अहङ्कार ले ग्रस्त ओलि बाट भने अब मुलुकले उन्मुक्ति पाउने भएकाे छ।