दोस्रो साता पनि टोरन्टोमा लकडाउन विरोधी प्रदर्शन: १० पक्राऊ !

क्यानडा विशेष विविध

एमखबर डेस्क, क्यानाडा। २३ जनवरी २०२१। लगातार दोस्रो सप्ताह पनि टोरोन्टोमा लकडाउन विरुद्ध प्रदर्शन गरिएको छ।

टोरोन्टोको अति ब्यस्त शहर  नेथन फिलिप्स स्क्वायर, योङ एण्ड डण्डास स्क्वायर  र क्वीन्स पार्कमा लकडाउन बिरोधि प्रदर्शन गर्न सयौंको जमघट भएको थियो। प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले लकडाउन बिरोधि प्लेकार्ड बोकेका थिए र नाराबाजी पनि गरेका थिए।

Advertisement:

प्रदर्शनकारीहरुलाई टोरोन्टो प्रहरीले तितरबितर पारेको थियो। धरपकडका क्रममा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  उनीहरूको त्यस्तो प्रदर्शन र उपस्थितिलाई टोरोन्टो प्रहरीले कानून बिपरित भनेको छ र त्यस्ता कुनै पनि प्रदर्शनी र भिडभाडलाई तितरबितर गरिने र प्रदर्शनमा उत्रने विरुद्ध टिकट र समन जारी गरिने बताएको छ।

कोरोनाको बढ्दो प्रकोपलाई नियन्त्रणमा राख्न र जनस्वास्थ्यको ख्याल गर्दै अन्टारियोको प्रान्तीय सरकारले घर भित्र पाँच र बाहिर दस जना भन्दा बढी भेला हुन नपाईने र सामाजिक दूरी र मास्कको प्राबधानलाई अनिवार्य गरेको छ।