नरबहादुर टण्डन पुनः क्यानडाका लागि पर्यटन मानार्थ प्रतिनिधिमा नियुक्त ।

NRNA क्यानडा विशेष नेपाल समाचार प्रवास

शेयर गर्नु होस ।

लामो समय देखि क्यानडामा बस्दै आएका समाजसेवी तथा पूर्व नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डन पुनः उक्त पदमा मनोनीत भएका छन् । नेपाल पर्यटन बोर्डले २ बर्षका लागि उनलाई उक्त पदमा पुनः नियूक्ति गरेको हो । उक्त कुराको जानकारि यहि मार्च ११, २०२१ को पत्र द्धारा गराएको छ । क्यानडामा बिगतमा अधिकांस नेपालको पर्यटन सम्बन्धि कृयाकलापमा उनको सक्रिय योगदान रहेको पाईन्छ । सन् २०१३ देखि उनले आफ्नो ट्रक ट्रेलर नेपालको पर्यटन प्रबर्धनका सामाग्रीहरु टासेर अमेरिका र क्यानडामा गुडाईरहेका छन् ।

एमखवर परिवारकाे तर्फबाट हार्दिक बधाइ तथा सफल कार्रयकालकाे शुभकामना ।