नायिका आँचल शर्माको बिहे

मनाेरंजन

नायिका आँचल शर्मा र डा. उदिप श्रेष्ठबीच आज विवाह हुँदैछ । काठमाडौंको एक पाँच तारे होटलमा विवाह हुन लागेको हो ।

बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ ।

एक वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिसकिएको छ । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।