निको भएर घर फर्केकाहरुमा फेरि पोजेटिभ देखिनु डरलाग्दो संकेत

साप्ताहिक समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८२ पुग्दा निको हुनेको सङ्ख्या २२ पुगेको छ । मंगलबार साँझ कोशि कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना संक्रमित निको भएर घर फर्किने भएपछि निको हुनेको सङ्ख्या ८२ पुगेको हो ।
नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढिरहदाँ उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या बढ्नुले सबैलाई उत्साहित बनाएको छ । तर नेपालमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका बिरामीमा फेरि संक्रमण देखिनु डरलाग्दो संकेतमा रुपमा लिईएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई असाध्यै जोखिमपूर्ण अवस्थाका रुपमा परिभाषित गरेको छ ।

नेपालमा दुईंजनामा यस्तै संकेत देखिएपछि संक्रमित उसको परिवार र छिमेकीमात्रै होईन स्वास्थ्यकर्मी र सरकारलाई समेत यतिबेला त्रसित बनाएको छ ।

गएको चैत्र ३० र वैशाख १ गते कोरोना संक्रमित पुष्टि भएका एकजना भारतीय नागरिक र एकजना रौतहटका युवा वैशाख १४ गते निको भएर घर फर्किएका थिए । कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो ।

तर अस्पतालबाट निको भएर घर फर्किएका दुवैजनामा घर फर्किएको एक हप्ता नहुदैं फेरि अस्पताल भर्ना भएका छन । भर्ना भएका दुवैजनाको कोरोना जाँच गर्दा दुईजनामा पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले टिभी अन्नपूर्णलाई जानकारी दिएका छन ।

उनिहरु अहिले अस्पतालको आइसोलेसनमा छन । यस्तै आजै कोशी कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना संक्रमित निको भएर घर फर्कने तयारीमा रहेको अस्पताले जानकारी दिएको छ । लगातार दोस्रो पटक पिसिआर परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएकाले उनिहरुलाई अस्पतालले डिस्चार्ज गर्न लागेको हो । आज निको भएका ६ जना उदयपुरमा त्रिवेणी नगरपालिका भुल्केका हुन । उनिहरुभोली घर जानेछन । यी सहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको हो । यसअघि १६ जना संक्रमित निको भइसकेका थिए । नेपालमा हालसम्म कुल ८२ जनामा कोराना संक्रमण देखिएको छ।