निर्देशक ईश्वर थापाको नयाँ गीतको भिडियोमा उद्दव, अनुषाको अभिनय

मनाेरंजन

जिटिए। नेपाली चलचित्रका निर्देशक ईश्वर थापाको पछिल्लो निर्देशन र सम्पादन रहेको नयाँ म्युजिक भिडियो आज तिमी मलाई गत नभेम्बर २०१८ मा सार्वजनिक भएको छ।

यस गीतको भिडियोमा पुराना मोडेल कलाकार उद्धब मौसम सापकोटाका साथमा नयाँ कलाकार अनुषा अधिकारीले डेब्यु गरेकी छन्। अनुषाले अमेरिकाको न्यूयोर्कमा आयोजित मिस नेपाल अमेरिका २०१८ मा कम्युनिटी आउटरिच टाइटल जितेकी छन्।

यस म्युजिक भिडियोका गायक–गायिकामा सुरज कुमार थापा र बानिका प्रधान रहेका छन् भने संगीतकार नारायण ओली र गीतकार राखी गौचन रहेका छन् । सहायक निर्देशन आयुष अधिकारी, द्रोण गेरी र मेकअप रे किरणले गरेका हुन्।