नेकपा बागमती प्रदेशको बृहत जनसभाबाट प्रचण्ड माधव समूहलाई ठुलो झड्का । अब चुनाबले सबै कुराको फैसला र्गछ, प्रम ।

नेपाल समाचार राजनीति

एमखवर सम्वाददाता, काठमाडौं । फेब्रुअरी ०५, २०२१ । नेकपा बागमती प्रदेशले काठमाडौंमा आयोजना गरेको बृहत जनसभामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के पि ओलीले भावुक हुदै विशेष सम्बोधन गरेका छन् ।

उनले देश चुनावतर्फ गएको भन्दै अब चुनावले नै भावी सरकारको निर्क्योल गर्ने बताएका छन्। उनले प्रचण्ड-माधवकुमार नेपाल समूहले अदालत र निर्वाचन आयोगलाई धम्की दिए पनि देशका निकायहरू स्वतन्त्र रहेको र उनीहरूले विवेकसम्मत ढङ्गले निर्णय गर्ने बताए। साथै प्रम ओलीले नेपाली जनता सचेत भएकाले कसैले पनि लोकतन्त्र खोस्न वा प्रतिगमन निम्त्याउन नसक्ने बताउदै सरकारलाई काम गर्न नदिइएपछि प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग भएको दाबी पनि गरेका छन् ।

भिडियाे साैजन्यः Color of Nepal

फाेटाे साैजन्यः कान्तिपुर