अतिक्रमित भुमि समेटिएको नेपालकाे नयाँ नक्सा पारित !

नेपाल समाचार

एमखबर न्यूज डेस्क, क्यानाडा। १८, मे २०२०।  सोमबार बसेको मन्त्रिपरिषद्‍को आकस्मिक  बैठकले नेपालको नयाँ नक्सा पारित गरेको छ।

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित नेपाली भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । 

भारतले जानकारी नै नदिई एक पक्षीय रुपमा सिमा मिचेर सडक निर्माण गरेको समाचार प्रकाशित भएपछि सरकारमाथी नेपालको मिचिएको भु-भाग समेटेर नयाँ नक्सा जारी गर्न जनस्तरबाट निकै ठूलो दबाब परेको थियो। 

नयाँ नक्सा जारी गर्ने सरकारको निर्णयले सरकारको नीति तथा कार्यक्रमा उल्लेख भएको नयाँ नक्सा जारी गर्ने विषयको सम्बोधन भएको देखिन्छ भने बार्तामा बस्न आलटाल गर्दै आएको भारतीय पक्षलाइ थप दबाब सृजना गर्ने देखिन्छ।