नेपालका आर्थर गन : अमेरिकन आईडलको “टप टेन” !

Breaking Events मनाेरंजन

मदन बस्नेत। ०४ मे, २०२० ।

नेपाली युबा “आर्थर गन” अमेरिकाको अत्यन्तै चर्चित र लोकप्रिय “सांगीतिक रियालिटी शो” को “टप टेन” मा पुग्न सफल भएका छन्।

उच्च शिक्षा अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका पुगेका दिवेश पोख्रेल अमेरिकन आईडलमा पुगेपछी  “आर्थर गन” उप नामले चिनिएका छन्। सांगीतिक यात्राको दुई बर्षको छोटो अबधिमा नै यति ठूलो फड्को मार्न सफल २१ वार्षिय युबा गायक दिवस पोख्रेल उर्फ आर्थर गन यतिबेला थुप्रै स्वदेशी तथा बिदेशी युवाहरुको प्रेरणाको श्रोत बनेका छन्।

प्रतियोगिताका जजहरुद्वारा पनि अत्यन्तै रुचाईएका र जारी अमेरिकन आइडलमा उच्च फ्यान फलोइङ भएका दिवेशलाई उपाधिकै एक दावेदारका रुपमा हेर्न थालिएको छ।

प्रतियोगिताको टप टेनमा पुगे पछी उनले आफूलाई सुरुदेखि नै साथ र समर्थन गर्ने र भोट हालेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।