नेपालको नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ छैन, र ‘नेपाल कश्मिर होइन’ : भारतीय प्राेफेसर अशोक स्वैन

नेपाल समाचार बिचार विश्व समाचार

काठमाडौं :स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रकाशनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

बुधवार राती आफ्नो भेरिफाइड ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्व  न्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले यो प्रकरणलाई ;नक्सा यु  द्ध’ भनेका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन् -‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा यु  द्ध’ कसले सुरु गरेको हो ?

किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरका नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन ।

Ashok Swain✔@ashoswai

India refuses to accept Nepal’s new Map. No one had expected India to accept it. However, who started this ‘Map War’? Why had India unilaterally brought out a new political map in Nov 2019? That was by power-blind Modi to redraw the map of Kashmir. But, Nepal is not Kashmir!