नेपालको संबिधान दिवसको उपलक्ष्यमा अन्टारियो प्रान्तको संसद भवन टोरोन्टोमा नेपाली झन्डा फहराईयो ।

Breaking community NRNA क्यानडा विशेष विविध

शेयर गर्नु होस ।

टोरोन्टो सम्वाददाता । २४ सेप्टेम्वर, २०२१ । नेपालको संबिधान दिवसको उपलक्ष्यमा अन्टारियो प्रात्तको संसद भवन क्विन्स पार्क टोरोन्टोमा नेपाली राष्ट्यि झण्डा फहराईएको छ
गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष संगिता जिसीले अन्टारियो प्रान्तिय संसदका सभामुख टेड अर्नोटको समुपस्थितिमा संसद भवनको प्रांगणमा नेपाली झण्डा फहराएका थिए । सो अबसरमा नेपाल तथा क्यानडाको राष्ट्यि गानहरु बजाइएको थियो ।
कार्यक्रममा प्रान्तीय सांसदहरु दिपक आनन्द र भुटिला कारपोचे लगायत एनआरएनए क्यानडाका पूर्व अध्यक्षहरु, नेपाली समूदायका सदस्यहरुको उपस्थिति रहेको थियो । कोभिड १९ को महामारीका कारण उल्लेख्य नेपालीहरुको सहभागिता गराउन नसकेको एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतमले एमखवर डट कमलाई बताएका छन् ।


प्रान्तिय संसदका सभामुख अर्नोटले अन्टारियोमा रहेका नेपालहरुको खुसीको अबसरमा सहभागि हुन पाउँदा आफुलाई हर्षित गराएको बताएका छन् । माल्टन मिसिसागा क्षेत्रबाट निर्बाचित प्रान्तिय सांसद दिपक आनन्दले नेपालीहरु आफ्नो परिवार जस्तै रहेको र उनीहरुबाट बिभिन्न क्षेत्रबाट साथ पाईरहेको बताएका छन् । त्यसैगरि अर्कि सांसद कारपोचेले आफु काठमाडौंमा जन्मेर हुर्किएकाले नेपाल र नेपाली प्रति आफ्नो बिशेष स्थान रहेको भन्दै खुसि ब्यक्त गरिन् ।


टोरोन्टोका लागि अवैतनिक महावाणिज्यदूत कुन्जरमणि शर्माको पहल र सांसद आनन्दको सहयोगमा केहि बर्षदेखि यो कार्यक्रम प्रान्तीय संसद भवनमा हुन थालेको हो । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुत भृगु ढुंगानाले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । एनआरएनए क्यानाडाका पूर्व उपाध्यक्ष बिजय पौडेलले यस्तो कार्यक्रमले नेपाल र क्यानाडाबीचको लामो सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै नेपालको सबैभन्दा ठूलो चाड दसैँलाई आधिकारिक मान्यता दिन अन्टारियो सरकारले ‘दसैँ बिल’ ल्याउनु पर्नेमा जोड दिदै क्यानाडाले नेपालमा भिसा अफिस र वाणिज्य कार्यालय खोलेमा संविधान दिवस मनाएको कुराको सार्थकता बढ्ने बताएका छन्।

नेपालीहरुको विशेष दिनको स्मरणमा सभामुख अर्नोट, सांसद आनन्द र सांसद कारपोचेले एनआरएनए क्यानाडाका अध्यक्ष दीपक गौतमलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
सोमबार तय गरिएको कार्यक्रम विशेष कारण बस बिहिवार आयोजना गरिएको थियो ।कार्यक्रम एनआरएनए उत्तर अमेरिकाकी युवा संयोजक बिमला सापकोटाले सञ्चालन गरेकी थिईन् ।

फाेटाे साैजन्यः डा.पूर्ण कडेलकाे फेसबुकबाट