‘नेपालको संसदबाट लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन’

नेपाल समाचार

सभामुख कृष्णबहादुर महराले नेपालको संसद्ले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन गर्दै आएको बताउनुभएको छ । 

कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को १४० औँ सभाअन्तर्गतको ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् मञ्च’ विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले मानवअधिकार, समानता र कानूनी शासनको संरक्षणमा पनि संसद्ले उपयुक्त भूमिका निर्वाह गर्दै आएको बताउनु रेडियाे नेपालले जनाएकाे छ ।