नेपालको संसद् विघटनः सर्बत्र बिरोधः अध्यक्ष ओलीलाई कारबाहीको सिफारिस ।

Breaking नेपाल समाचार राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेकी हुन्।

प्रधानमन्त्रीले अचानक संसद् विघटनको सिफारिस गरेपछि विपक्षी दलहरूद्वारा त्यसको चर्को विरोध भएको छ। कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले ‘लहड’मा गरेको संसद् विघटनको जस्तो व्याख्या भएपनि “३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको” बताएका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा “दुईतिहाइ बहुमतको नजिक हुँदा legalroids पनि गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ। त्यो लोकतन्त्रको हितविपरीत छ।” भनेका छन् । विवेकशील साझा पार्टीले पनि संसद् विघटनको सिफारिसको विरोध गर्दै त्यसलाइ संविधानमाथिको ‘कू’ भनेको छ।

प्रतिनिधिसभा विघटन भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली नेतृत्वको सरकारका सातजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा तात्कालिक एमाले र माओवादी दुवै पक्षका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘स्थायी कमिटीको आइतवार बसेको बैठक’ले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लग्ने निर्णय गरेको नेताहरूले जनाएका छन्।

विपक्षीहरूद्वारा प्रतिनिधिसभा विघटनको प्रतिवाद गर्दै ठाउँठाउँमा प्रदर्शन र चर्को बिरोध हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनकै दल नेकपाका ८९ जना सांसदहरूले आइतवार संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी संसद सचिवालका प्रबक्ता रोजनाथ पाण्डेले  दिएका छन् ।

उता देसको अभिभावक मानिने राष्ट्रपति समेत ठूलो बिबादमा तानिएकि छिन् । अब यि सबै कुरा सर्बोच्च अदालतमा बहस हुने छ त्यसका लागि मुद्दा दायर भैसकेको छ ।